झापा । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन। हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थितमा रहेको एक होटलबाट १६ ग्रामब्राउन सुगर सहित १ महिला र २ पुरुषलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।पक्राउ पर्नेमा मेची नगरपालिका १३ बस्ने २१ बर्षीया रोषनीतामाङ, सोही स्थानका २३ बर्षीयबिवेकतामलिङसुब्बा र सिन्धुपालचोकका २० बर्षीय राजेन्द्रशिवाकोटी रहेका छन। पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।