पथरीशनिश्चरे नगरमा शिक्षातर्फ ११ सदस्यीय स्थानीय तह कार्यान्वयन समिति गठन - Pahilo Online

पथरीशनिश्चरे नगरमा शिक्षातर्फ ११ सदस्यीय स्थानीय तह कार्यान्वयन समिति गठन

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले शिक्षातर्फ ११ सदस्यीय स्थानीय तह कार्यान्वयन समिति गठन गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको नगर शिक्षा समितिको बैठकले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका ०७६ अनुसार नगर प्रमुख नै अध्यक्ष रहने स्थानीय तह कार्यान्वयन समिति गठन भएको हो ।

सदस्य सचिवमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले तथा सदस्यहरुमा, उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्षमध्येबाट ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ, पदेन सदस्यका रुपमा सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल चुनिएका छन् । त्यसैगरी, विद्यालय व्यवस्थापन समितिमध्येबाट १० नम्वर वडाको हिरक आधारभूतका अध्यक्ष जीवन खतिवडा, प्रधानाध्यापकमध्येबाट १ नम्बर वडाको पञ्चायत माविका अर्जुनकुमार बुढाथोकी पनि सदस्य रहेका छन् ।

अन्य सदस्यमा, शिक्षक अभिभावक संघका अध्यक्षमध्येबाट ४ नम्वर वडाको सरस्वती आधारभूतकी उर्मिला माझी, आमा समूहका अध्यक्षमध्येबाट पञ्चायत माविकी सपना लिम्बू, पूर्व विद्यार्थी समाजका अध्यक्षमध्येबाट ३ नम्वर वडाको जनता माविका माधव कोइराला र सूचना तथा सञ्चार विज्ञमध्येबाट ७ नम्वरको बालकल्याण माविका प्रधानाध्यापक रोहिणीप्रसाद घिमिरे चुनिका छन् ।

बैठकले, नगर शिक्षा समितिमा ३ जनालाई मनोनयन समेत गरेको छ । जसमा, प्रधानाध्यापकमध्येबाट ४ नम्वरको भागिरथ माविका डिल्लीराज दहाल, संस्थागत विद्यालयकातर्फबाट १ नम्वरको भूपू सैनिक माविका उपेन्द्र कँडेल र सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षमध्येबाट ९ नम्वरको सिंहवाहिनी माविका टंक भण्डारी रहका छन् ।

बैठकले, सशर्त अनुदानतर्फ विद्यालय भौतिक पूर्वाधार निर्माणतर्फ वास सुविधा सहितको शौचालय निर्माणका लागि सिंहवाहिनी मावि र जनकल्याण आधारभूत विद्यालयलाई कार्यक्रम प्रदान गर्ने निर्णय गरेको छ । जसमा प्रतिविद्यालय ७ लाख रुपैयाँ बजेट रहेको समितिका सदस्य उपसचिव शालिग्राम काफ्लेले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes