शहीद रामकृष्ण श्रेष्ठ महिला गोल्डकपमा मोरङ च्याम्पियन - Pahilo Online

शहीद रामकृष्ण श्रेष्ठ महिला गोल्डकपमा मोरङ च्याम्पियन

writer

धनकुटा । धनकुटामा सम्पन्न शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि मोरङ फुटबल क्लबले जितेको छ। धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार फाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ च्याम्पियन बनेको हो। खेलको दोस्रो हाफको छैटौैं मिनेटमा धनकुटाकी सध्या रम्तेलले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मोरङकी इमा राईले गोल गरिन् र त्यो गोल नै खेलको निर्णायक गोल बन्यो। उपाधिसँगै मोरङले नगद एक लाखसहित ट्रफी, प्रमाणपत्र पुरस्कार हात पारेको छ भने उपविजेता बनेको धनकुटाले ५० हजारसहित ट्रफी, प्रमाणपत्रमा चित्त बुझाएको छ।

फाइनल खेलको वुमन अफ द म्याच धनकुटाकी अञ्जाना थुलुङ घोषित भइन्। प्रतियोगितामा मोरङकी इमा राई सर्वोकृष्ट खेलाडी घोषित भइन्। प्रतियोगिताको सर्वोत्कृष्ट गोलकर्ता मोरङकी सावित्री मगर र इमा राई घोषित भइन्। त्यस्तै उत्कृष्ट गोलरक्षक मोरङकी कल्पना क्षेत्री, उत्कृष्ट डिफेन्डर मोरङकी आशा लिम्बू, उदयमान खेलाडी धनकुटाकी सुनिता तामाङ र उत्कृष्ट मिड फिल्डर धनकुटाकी सध्या रम्तेल घोषित भए। त्यस्तै, उत्कृष्ट प्रशिक्षक मोरङका पारस चौधरी घोषित भए। विजेता तथा उपविजेता टोलीलाई पूर्व मन्त्री तथा संविधानसभा सदस्य सुनिलबहादुर थापा, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

यही माघ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न ८ टोलीको सहभागिता रहेको थियो। वि.स. २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा विरेन्द्र र उनका परिवार सवारी हुँदा आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा सहादत प्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो। शहीद घोषणा गरेकै दिनको अवसर पारेर गत ३ गतेदेखि धनकुटामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes