६ वटा योजनाको अनुगमन् - Pahilo Online

६ वटा योजनाको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज ६ वटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्व रहेको समितिले वडा नम्वर ९ को सिंहवाहिनी माध्यामिक विद्यालयमा ३ लाख रुपैयाँ बराबरको योजनाको अनुगमन् गरेको छ । सन्देशमुलक वाल पेन्टिङ, फलामको शिक्षक पोडियम टेबल १५ थान, सेतो पाटी १८ थान, फलामे झ्याल १५ थान, फ्रेम सहितको चार्ट वोर्ड ३० थान, भलिवल पोल २ थान, कार्पेट, फर्निचर मर्मत तथा सरसफाई गरी १२ शिर्षकको योजना सम्पन्न भएको हो ।

त्यसैगरी, अनुगमन् टोलीले वडा नम्वर ६ को गेलाबारी पश्चिम सडकमा ५ सय ५० मिटर लम्वाई र ४ मिटर चौडाईको ग्राभेलिङ कार्यको पनि अनुगमन् गरेको छ । वडा नम्वर ४ को भागिरथ माविमा कृषि सम्वन्धी आइएससीएजी पढाई सुरु गर्न नगरपालिकाले प्रदान गरेको कार्यक्रम अन्तर्गत वन्दै गरेको प्रयोगशालाको पनि दोस्रो पटक अनुगमन् भएको छ । पहिलो पटक केही सुधार गर्न सुझाव दिइएको थियो ।

टोलीले वडा नम्वर २ मा पथरी नगर अस्पताल हाताभित्र एक्सरे, फार्मेसी र आकस्मिक कक्षका लागि निर्माणाधीन भवनको पनि अनुगमन् गरेको छ । २० लाख २७ हजार रुपैयाँको लागतमा वन्दै गरेको सो भवन तथा अस्पतालको माथिल्लो तलामा ४ लाख ३१ हजार ४ सय ३१ रुपैयाँको लागतमा वन्दै गरेको हल सहितको थप कोठाको पनि उसैगरी अनुगमन् गरिएको अनुगमन् समिति संयोजक वास्तोलाले जनाइन्।

यसैगरी, शनिश्चरे चोकबाट पश्चिम दक्षिण वडा नम्वर ८ को दोहोलु सुक्रवारे सडक कालोपत्रेको पनि दोहोर्याएर टोलीले अनुगमन् गरेको छ । टोलीले वडा नम्वर ८ शुक्रवार बजारमा बेसहारा अवस्थाकी कुष्ठरोग पिडीत एकल महिला तुम्वादेवी राईको घर निर्माण कार्यको पनि अनुगमन गरेको छ । नगर उपप्रमुख वास्तोला सहितको टोलीले दाताहरुसँग सहयोग आव्हान गरेर राईको घर निर्माण कार्य अघि बढाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes