मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु - Pahilo Online

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

writer

मोरङ । झापा अर्जुनधारा नगरपालिका ५ बस्ने ५४ बर्षीय पशुपति भट्टराईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ। सोमवार अपरान्ह पौने ४ बजे मोरङ बेलबारी ४ बेतना स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किदा मोटरसाईकल चालक भट्टराई तथा पछाडी सवार रहेकी निजकै श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । म्याजिक र चालक उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes