विराटनगर आइसिपी भिडियो कन्फ्रेन्समार्फत उद्घाटन - Pahilo Online

विराटनगर आइसिपी भिडियो कन्फ्रेन्समार्फत उद्घाटन

writer

काठमाडौं । भारत सरकारको सहयोगमा विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको छ। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेसँगै आइसिपी सञ्चालनमा आएको हो। उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन्। त्यस्तै नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन्।

विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसिपी भारत सरकारको दुई अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो। नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्तरगत आइसिपीको स्वामित्वमा रहनेछ। यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ। नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको जनाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes