कानेपोखरीबाट पेस्तोल र लागुऔषधसहित पाँचजना पक्राउ - Pahilo Online

कानेपोखरीबाट पेस्तोल र लागुऔषधसहित पाँचजना पक्राउ

writer

पथरीशनिश्चरे । मोरङको कानेपोखरीबाट हतियार र लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कानेपोखरी चोकमा आइतबार राति चेक जाँचका क्रममा को२ह ३९६८ नम्बरको टेम्पुमा सवार ५ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने ५ थान गोली र लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिए।

टेम्पोमा सवार सुन्दरहरैँचा ८ का दिनेश बिक, त्यही ठाउँका गौरव बस्नेत, सुन्दर हरैंचा ९ का उत्सव ढकाल र त्यहीँ ठाउँका रामबहादुर पौडेललाई नियन्त्रणमा लिइएको हो। उनीहरुकै सुचनाका आधारमा सुन्दरहरैंचाका अब्बास मियाको घरबाट एकथान कटुवा पेस्तोल र त्यसको ५ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ। टेम्पोमा सवार ४ जनाबाट नाइट्रेभेट २० थान, कोरेक्स, स्पासपोक्रेन लगायतका लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। खोजतलासकै क्रममा मियाको घर सुन्दर हरैचाबाट ५ थान मोबाइलसहित ठुलो परिणाममा लागु औषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबारमा संलग्न सुनवर्षीका मोहमद मुस्ताबलाईसमेत आइतबार राति नै नियन्त्रणमा लिइएको गिरिले जानकारी दिए। गिरीका अनुसार ग्रामिण बाटोको प्रयोग गरि मुस्ताबले भारतबाट लागु औषध नेपाल भित्र्याउने गरेको खुलेको छ। मियाँले पुर्वी मोरङ र सुनसरीमा लागु औषध बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes