संखुवासभामा हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ - Pahilo Online

संखुवासभामा हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

writer

संखुवासभा । संखुवासभाबाट पेस्तोल र विस्पोटक पदार्थ सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका ५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको स्रोतले जानकारी दिएको छ। तामाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको हो। उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटरसहित विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने तारहरु सहित पक्राउ गरिएको हो। त्यस्तै सेनाको डिस्पोजल टोलीले त्यहाँ रहेका विस्फोटक पदार्थहरु डिस्पोज गरेको छ। घटनास्थल सदरमुकामबाट एकदिनको पैदल यात्राको दुरीमा छ। पक्राउ परेका तामाङलाई प्रहरीले सदरमुकाम ल्याएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes