पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटो परीक्षण - Pahilo Online

पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटो परीक्षण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटोको अवस्थाको परीक्षण गरिएको छ । नगरपालिकाको आयोजनामा माटो तथा मल परीक्षण प्रयोगशाला झुक्का सुनसरीले नगरको कृषकको ३६ स्थानको माटोको परीक्षण गरेको हो ।

घुम्ती माटो परीक्षण प्रयोगशाला अन्तर्गत परीक्षणको सामग्री रहेको बसमा नमूना माटो परीक्षण गरिएको नगरको कृषि शाखा प्रमुख सावित्रा कार्कीले बताए । जसमा, अधिकांश माटोमा प्रांगारिक पदार्थ, नाइट्रोजन र पोटासको कमि पाइएको छ । अधिकांश माटोमा अम्लियपन बढी देखिएको परीक्षणमा सामेल माटो विज्ञ दिगम्वर यादवले जनाए ।

माटोको उपचार तथा मलखादको मात्राका बारेमा समेत प्रत्येक किसानको माटोको अवस्थासँगैको रिपोटमा सिफारिस गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes