थप २७ जनालाई अपाङ्गता परिचयपत्र - Pahilo Online

थप २७ जनालाई अपाङ्गता परिचयपत्र

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले साविकको महिला विकास तथा बालबालिका कार्यालयले वितरण भएका अपाङ्गता परिचयपत्रलाई नयाँ तरिकाले नगरपालिकामार्फत वितरण थालेको छ ।

पछिल्लो पटक भनें साविकको महिला तथा बालबालिका कार्यालयबाट जारी भई नविकरणको १ वर्षे अवधि पुगेका परिचयपत्रलाई नगरमार्फत नयाँ बनाइएको हो । नयाँ परिचयपत्र लिने र साविकको परिचयपत्रलाई नयाँ बनाएने गरी पछिल्लो पटक २७ वटा परिचयपत्र जारी भएको नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाइन्।

जसमा, नगर अस्पतालका डाक्टर सहितको समितिले छानविन गरी पूर्ण असक्तको रातो परिचयपत्र ९ जनालाई, असक्तको नीलो १५ जनालाई, मध्यम असक्तको पहेंलो २ जनालाई र सामान्यको सेतो १ जनालाई प्रदान भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला संयोजक रहेको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत गत साउन २७ गतेबाट नगरले परिचयपत्र वितरण थालेको हो । समितिले प्रत्येक महिनाको १५ र ३० गते परिचयपत्र वितरण गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes