समृद्धिसँग जोडिएर काम गर्न नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन - Pahilo Online

समृद्धिसँग जोडिएर काम गर्न नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

writer

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न आइतबार नियुक्त भएका मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रीसहित राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

नवनियुक्त राज्यमन्त्रीहरुको पनि अग्निपरीक्षा सुरु भएको भन्दै मुख्यमन्त्री राईले ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्य्विभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिए ।

 

कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउन उनको निर्देशन छ । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes