मोरङमा दुई प्रहरी सहायक निरीक्षक पुस महिनाको ‘पुलिस अफ द मन्थ’ - Pahilo Online

मोरङमा दुई प्रहरी सहायक निरीक्षक पुस महिनाको ‘पुलिस अफ द मन्थ’

writer

मोरङ । एक नम्बर प्रदेश प्रहरी कार्यालयले दुई प्रहरी सहायक निरीक्षकलाई पुस महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा पोमु लिम्बु र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक किरण मोक्तान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

अवैध हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन भूमिका खेलेका दुई प्रहरीलाई पुस महिनाको सर्वाेकृष्ट घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले एक नम्बर प्रदेश भरीका प्रहरीको कार्यसम्पादनका आधारमा प्रत्येक महिना उत्कृष्ट छनोट गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उनीहरूले गरेको कामको विवरण एक महिना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र मातहतमा रहेका कार्यलयहरूमा राख्दै आएको छ । गत मंसिर महिनामा इलाका प्रहरी कार्यालय दिङ्ला भोजपुरमा कार्यरत महिला प्रहरी जवान सविना खत्री पुलिस अफ द मन्थ घोषित भएकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes