प्रदेश १ मा चार मन्त्रीमण्डल विस्तार - Pahilo Online

प्रदेश १ मा चार मन्त्रीमण्डल विस्तार

writer

विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारीको उपस्थीतिमा मुख्यमन्त्री शेरधन राईले चारजना राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री राईले इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेका छन् ।

झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री र मोरङका विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्दै सपथग्रहण गराएका हुन् । प्रदेश १ मा सात मन्त्रालयहरू छन् । ती मध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे , उद्योग वन मन्त्रीमा जगदिश कुसियत र अर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्र आङबो छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes