नगरमा आइरन र फोलिक एसिड वितरण थालियो - Pahilo Online

नगरमा आइरन र फोलिक एसिड वितरण थालियो

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले किशोरीहरुमा रगतको कमिबाट उत्पन्न हुने समस्या रोक्न निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण थालेको छ । नगरको स्वास्थ्य शाखाले आज वडा नम्वर १ स्थित पञ्चायत माविमा आयोजित एक कार्यक्रममाझ आइरन र फोलिक एसिड वितरण अभियान थालेको हो ।

कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद शाहले १० वर्षदेखि १९ वर्ष उमेरसम्ममा विद्यालयका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरे।

नगरका लागि सरकारले प्रदान गरेको सशर्त कार्यक्रम अन्तर्गत प्रत्येक हप्ताको एक एकवटा गरी १३ हप्तासम्म लगातार खाने र त्यसको १३ हप्ता छोडेर पुनः त्यसपछिको १३ हप्ता खानुपर्ने तालिका वनाएको छ । विद्यालयहरुमा विषयगत शिक्षकबाट र विद्यालय नगएको अवस्थाकालाई महिला स्वास्थ्य स्वयमसेविकाबाट घरमै गएर आइरन र फोलिक एसिड वितरणको कार्यक्रम रहेको छ । नगरमा ८ हजारको हाराहारीमा १० देखि १९ वर्षका युवतीको संख्या रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes