र्यापर साकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई परिवारमा बुझाइयो - Pahilo Online

र्यापर साकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई परिवारमा बुझाइयो

writer

झापा । विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने लिटिल बुद्ध नामले चिनिने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ । साकार भनिने साकार अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो । साकार र्याप कन्सर्टका लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए ।

होटलमा उनि मिकि नाम गरेकी एक युवतीसँग बसेर बुधबार साँझ फेसबुक लाईभ गर्दै राजनितिक दलका नेताहरुलाई अपशब्द बोलेका थिए ।साथै भिडियोमा खुकुरी देखाउदै चुरोट तानेको समेत देखिन्छ । लाईभमै साकारले रवि लामिछानेले संञ्चालन गर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको बिषयमा गलत टिप्पणी समेत गरेका छन् ।घर परिवारसँग सल्लाह नगरी साकार घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए ्र‘हामीले मात्र उनलाई होटलबाट नियन्त्रणमा लिइ मामालाई बुझाएका हौ’ उनले भने ।

साकारलाई झापा निवासी मामा नेपालद्धत शिवाकोटीले प्रहरी कार्यालयबाट बुझेको प्रहरीले जनाएको छ । साकारलाई नियन्त्रणमा लिएर फर्किएको प्रहरी टोलीको भ्यानमै र्याप हानेको भिडियो स्वयम साकारले फेसबुकमा लाईभ गरेका छन् । भिडियोमा एक असईको कमाण्डमा रहेको प्रहरी सबार भ्यान भित्र साकारले र्याप हानेका थिए भने प्रहरीले पनि ताली बजाउदै उनको समर्थन गरेका थिए ।भिडियोमा उनले मामा र आमाको कारणले आफु भुटान कन्सर्ट जानबाट रोकिएको बताएका छन् । साथै साकारसँग रहेकी मिकि नाम गरेकी युवतीले पनि भ्यानमा र्याप हानेकी छिन् ।उनले नेता र देशको बिरुद्ध बोलेको कारण आमाले चिन्ता लिएर प्रहरीलाई खबर गरेको बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes