पुलिसलाई हराउँदै लगातार दोस्रो पटक आर्मी च्याम्पियन - Pahilo Online

पुलिसलाई हराउँदै लगातार दोस्रो पटक आर्मी च्याम्पियन

writer

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको इनरुवामा शनिबार भएको फाइनल नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

उपाधिसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५ हजार प्राप्त गर्यो । इनरुवा रंगशालामा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस २४ ओभर ४ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।

पुलिसका कुशल भुर्तेलले सर्वा्धिक ३१ रन बनाए । यस्तै अमित श्रेष्ठले २३ रन जोड्दा अनिल साहले २१ रन बनाए । आर्मीका सुशन भारीले ४ विकेट लिए । साहब आलमले ३ र कुशल मल्लले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए ।

बिक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए । पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले ३र३ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी चुनिए । उनले ५५ हजार रुपैयाँ हात पारे। उनले ४ खेलमा कुल १५ विकेट लिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बलर ३ खेलमा १४ विकेट लिएका सुदुरपश्चिमका विनोद लामा र उत्कृष्ट ब्याट्सम्यान ४ खेलमा १ शतकसहित १ सय ९६ रन बनाएका आर्मीका कुशल मल्ल चुनिए । दुबैले जनही २१ हजार रुपैयाँ प्राप्त गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes