लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते - Pahilo Online

लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

writer

मोरङ । पूर्व–पश्चिम राजमार्गको मोरङको बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा परी कानेपोखरी गाउँपालिका–२ का प्रेम दर्जीको मृत्यु भएको हो ।

शुक्रबार बिहान साँढे ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१६प १५९१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालक झापा दमक–१ का २५ वर्षीय हरिबहादुर बि.क र पछाडि सवार कानेपोखरी गाउँपालिका–२ का २८ वर्षीय दर्जी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारको लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो । दर्जीको उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes