एमसिसीको विरोधमा उत्रिएका तीनजना भोजपुरबाट पक्राउ - Pahilo Online

एमसिसीको विरोधमा उत्रिएका तीनजना भोजपुरबाट पक्राउ

writer

भोजपुर । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो। स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबारै राति उनलाई आफ्नो घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको हो। स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अपिल गरेका थिए। तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए।

स्थानीय सञ्चारकर्मी राजन सामपाङका अनुसार राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए। उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन्। आन्दोलनमा उत्रिएकाले प्रहरी प्रसाशनले ज्यादति गरेको प्रतिक्रिया दिएका छन्। शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको गुनासो उनीहरुले गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles