ठेकेदारको लापरबाहीले लिम्चुङबुङमा विद्युत् विस्तार अलपत्र - Pahilo Online

ठेकेदारको लापरबाहीले लिम्चुङबुङमा विद्युत् विस्तार अलपत्र

writer

उदयुपर । उदयुपरको लिम्चुङबुङ गाउँपालिकामा ठेकेदार कम्पनीको लापरबाहिले नेपाल विद्युत प्राधिकरणको लाईन विस्तार गर्ने काम अलपत्र बनेको छ। गाउँपालिकाको बासबोटे, बाराहा, ताम्लीछा, बलम्ता र जाँते क्षेत्र शाखा विस्तारको काम अलपत्र बनेसँगै स्थानीयहरुमा निराशा छाएको छ। लिम्चुङबुङ गाउँपालिकामा विद्युत विस्तारका लागी रसुवाघाटबाट प्रसारण लाईन ल्याउँन छिटो र सहज हुने भए तापनि लामो दूरी प्रयोग गर्दै हलेसीबाट ल्याउने काम २ वर्ष अगाडि नै शुरु भएको थियो। लामो दूरी प्रयोग गर्नुको कारण रसुवाघाट बाट २ फेजको लाईन आउने र हलेसीबाट ३ फेजको आउँने भएकाले लामो दूरी प्रयोग गर्नु परेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए।

आर्थिक वर्ष २०७४–७५ मा गाउँपालिकाको १ करोड ८८ लाख ५५ हजार लागतमा विद्युत प्राधिकरणले तार र पोलहरु खरिद गरेको थियो। बाटो खन्दा पुरुवा माटोमा पोल खनेको र यसैका कारण जताभावी पोल गाढ्दा अहिले ७० भन्दा बढि पोल ढलेको र हजारौ मिटर आल्मोनियमको तार बेवारिसे अवस्थामा रहेको स्थानीयहरुले बताए। मीना कन्ट्रक्सन सप्लायर्स गाईघाटले ठेक्का लिएर विस्तार गरेको ठाउँमा बर्खाको समयमा ढलेको पोल तथा छरिएका तारहरु काम नलाग्ने अवस्थामा पुगेको छ। गाउँपालिकाको निर्देशनपछि मीना कन्सट्रक्सनले केही पोल गाडे पनि अधिकांश स्थानका पोल लथालिङग अवस्थामा रहेको र यस्तै काम गराईले हो, भन्ने अझै धेरै समय लाग्ने वडा सदस्य गुरुमणि कुमाईले जानकारी दिए। गाउँपालिका उपाध्यक्ष रमिला राईले भने बाँकि रहेको काम चाँडै सक्नका लागि मिना कन्ट्रक्सनसँग छलफल गरि काम सुचारु गर्ने बताएकि छन्। यता, गाउँपालिकाको बाँकी स्थानमा विद्युत प्राधिकरणको ५ करोड लागतमा रविन निर्माण सेवाले विद्युत विस्तार गरिरहेको छ। तर, मिना कन्सट्रक्सनले काम पुरा नगरेको ठाउँमा थप काम अगाडि बढाउन नसकेको रविन निर्माण सेवाले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes