अमेरिका–चीनबीच व्यापार युद्धलाई खुकुलो बनाउने सम्झौतामा हस्ताक्षर - Pahilo Online

अमेरिका–चीनबीच व्यापार युद्धलाई खुकुलो बनाउने सम्झौतामा हस्ताक्षर

writer

काठमाडौं । अमेरिका र चीनले व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि वासिङ्टनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी भएको बताए ।

उनले नयाँ सम्झौताले अमेरिका र चीनबीच अझ बलियो सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध गराएको उल्लेख गरे । चिनियाँ उपप्रधानमन्त्री लिउ हेले सबैको जित हुने सम्झौता भन्दै यसबाट दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सहयोग र्पुयाउन सक्ने बताए ।

सम्झौता समानता र आपसी सम्मानको सिद्धान्तमा आधारित रहेको उनको भनाइ थियो । चीनले अमेरिकाबाट गरिने आयातलाई सन् २०१७ भन्दा २०० अर्ब डलर बराबर हुनेगरी बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धता जनाएको छ ।

बदलामा अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाएको छ । तर, सम्झौतामा धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन् ।

सन् २०१८ देखि अमेरिका र चीनबीच व्यापारिक उत्पादनहरूमा कर लगाउने द्वन्द्व चल्दा ४५० अर्ब डलरभन्दा बढीको व्यापारिक उत्पादनमा थप निर्यात कर लगाइएको छ । दुई मुलुकको व्यापारिक द्वन्द्वले व्यापारिक कारोबारमा अवरोध खडा गर्नुका साथै विश्वव्यापी आर्थिक वृद्धिलाई नै सुस्त तुल्याइदिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes