मेची–महाकाली मोटरसाइकल यात्राको समापन - Pahilo Online

मेची–महाकाली मोटरसाइकल यात्राको समापन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्राको आज समापन कार्यक्रम भएको छ ।

पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले पुस १७ गते मेचीपुलबाट थालेको यात्रा महाकाली पुगेर १४ दिनमा नगर फर्किएपछि उनीहरुलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । आफ्नै नगरको प्रमुख पर्यटकीयस्थल शान्तिभूल्के सिमसार क्षेत्रहुँदै उनीहरुले मेचीबाट महाकालीसम्मको गरी २ हजार ४ सय १३ किलोमिटर यात्रा गरेका थिए ।

नगरपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख दिलीपकुमार राईले उनीहरुको पर्यटन प्रवद्र्धनको अभियानप्रति धन्यवाद ज्ञापन गरे । मोटरसाइकलयात्रीको तर्फबाट नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत मायाको चिनो हस्तान्तरण गरिएको छ ।

उता, ९ नम्वर वडाध्यक्ष भानुभक्त राई सहितको वडा कार्यालयप्रति पनि आभार व्यक्त गर्दै उनीहरुले मायाको चिनो प्रदान गरे । यात्रामा नगरपालिका कार्यालय, १, ४ र ९ नम्वर वडा कार्यालय तथा सामुदायिक वनले केही आर्थिक सहयोग पुर्याएको थियो । यात्रीमध्येका अधिकारीले अन्यत्रको पर्यटकीय अवस्था नियाल्दा पथरी शनिश्चरे नगर पनि देशमा पर्यटक भित्र्याउने महत्वपूर्ण रमणीयस्थल भएको र यसको व्यवस्थापनमा जोड दिनुपर्ने वताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes