पथरी नगर अस्पताललाई १५ लाख बढीको सामग्री सहयोग - Pahilo Online

पथरी नगर अस्पताललाई १५ लाख बढीको सामग्री सहयोग

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्ड नामक संस्थाले आज १५ लाख बढी रुपैयाँका अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ । वर्क फर नेपालको समन्वयमा हेल्पिङ हेण्ड झापामार्फत १५ लाख ४३ हजार रुपैयाँ बराबरका सर्जिकल तथा बेड लगायतका आवश्यकीय सामग्री प्रदान भएको हो ।

एक कार्यक्रमबीच हेल्पिङ हेण्डका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर प्रमुख दिलीपकुमार राई, अस्पतालका अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै नगर प्रमुख राईले २ दिन अघि यूएनएचसीआरले ३ लाख बढीको सामग्री हस्तान्तरण गरेको प्रसंग समेत जोड्दै नगर अस्पताललाई संघ संस्थाहरुले सहयोग पुर्याएकोप्रति खुसी व्यक्त गर्नुभयो । भर्खरै सुरु भएको नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेको र अझै १३ कठ्ठा थप जग्गा दान गर्न तयार रहेको कुराले हौसला मिलेको उनले बताए। कार्यक्रममा नगरपालिकाको तर्फबाट हेल्पिङ हेण्डलाई सम्मानपत्रले सम्मानित समेत गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes