मनमोहन मेमोरियल (एमएम) कपमा नेपाल पुलिस फाइनलमा प्रवेश - Pahilo Online

मनमोहन मेमोरियल (एमएम) कपमा नेपाल पुलिस फाइनलमा प्रवेश

writer


काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । इनरुवा रंगशालामा पुलिसले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३० रनमा समेटियो ।

अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश(३ लाई ६४ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes