भोजपुरको ‘मुन्धुम ट्रेल’ पर्यटकको आकर्षक गन्तव्य - Pahilo Online

भोजपुरको ‘मुन्धुम ट्रेल’ पर्यटकको आकर्षक गन्तव्य

writer

भोजपुर । भोजपुरको मुन्धुमट्रेल पटर्यटन वर्ष २०२० को एक गन्तव्यको रुपमा लिन सकिन्छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक बर्सेनी लाखौँको संख्यामा नेपाल भित्रिने गर्छन्। तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहने पर्यटकलाई उपर्युक्त हुनेगरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन्। त्यसमध्ये भोजपुरको मुन्धुम ट्रेल पनि एको हो। नेपाल सरकारले छानेका सय पर्यटकीयस्थलमध्ये यो ट्रेल पनि पर्छ। धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्धुमट्रेल’ का रूपमा विकास भइरहेको छ।

भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ। जसको लागि पदमार्गमा जाने आन्तिरिक तथा बाध्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचना निर्माण भइरहेका छन्। प्राकृतिक सुन्दरताका मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई ’टुरिजम हब’ बनाउने लक्ष्यले ३१.५ किलोमिटर लामो पदमार्गको काम थालिएको हो। हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र विश्वमै कम दृश्यावलोकन गर्न सकिने प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यावसायीकरण गर्न यो पदमार्गले सहयोग र्पुयाउने लक्ष्य गाउँपालिकाले लिएको छ। गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने ‘पछिल्लो समय यस पदमार्गमा पर्यटकको आगमन बढ्दो छ। गाउँपालिकाले यसको विकासको लागि काम गरिहेको छ भने प्रदेश र केन्द्र सरकारले पनि यसमा चाँसो देखाएको छ।

यस पदमार्गको अझ विकास गरेर गाउँपालिकाको मुख्य आर्थिक श्रोत बनाउने सोचका साथ काम भइरहेको छ।’ उक्त मुन्धुम पद मार्ग २४ सय मिटरदेखि ३३ सय मिटरको दूरीमा उकालोओरालो हुँदै पैदलयात्रा गर्न सहज हुनाले यहाँको डाँडैडाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृंखलाको दृश्यालोकन गर्न सकिन्छ। भोजपुर र खोटाङ्गको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट सुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिन्छ। जुन क्षेत्रबाट पर्यटकले भरपुर मनोरञ्जन लिने गरेका छन्। (थाहाखवरबाट) 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes