सीमा सुरक्षाका लागि संखुवासभाको किमाथांकामा सशस्त्रको पोष्ट - Pahilo Online

सीमा सुरक्षाका लागि संखुवासभाको किमाथांकामा सशस्त्रको पोष्ट

writer

संखुवासभा । संखुवासभाको उत्तरी सीमा क्षेत्रमा सीमा सुरक्षाको लागि किमाथांकामा सशस्त्रको पोष्ट स्थापना भएको छ। चीनसँग सीमाना जोडिएको भोटखोला गाउँपालिका १ किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बिओपी) स्थापना गरिएको सशस्त्रको अरुण गुल्म चैनपुरका डिएस्पी बासुदेव महतले जानकारी दिए। सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना भएको डिएस्पी महतले बताए।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नभएको कारण अतिक्रमण बढेको भन्दै सरकारको चर्को आलोचना हुने गरेको थियो। भोटखोला १ किमाथांकामा स्थापना भएको सीमा सुरक्षा पोष्ट उत्तरी क्षेत्रको पहिलो सशस्त्र प्रहरीको पोष्ट हो। सीमा सुरक्षा पोष्ट किमाथांकामा इन्सपेक्टर देवराम राईको कमाण्डमा २६ जनाको टोेली सेनाको हेलिकोप्टरबाट लगिएको अरुण गुल्म चैनपुरका डिएस्पी महतले जानकारी दिए। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा आवश्यक बन्दोबस्तीका सामान पनि हेलिकोप्टरबाट नै र्पुयाइएको थियो। सशस्त्र प्रशरीले सीमा सुरक्षाका लागि भोटखोला गाउँपालिका अध्यक्षको दुई वटा घर भाडामा लिएका छन्।

सीमा सुरक्षा पोष्ट सशस्त्रको पूर्व क्षेत्रबाट खटिएका प्रहरी निरीक्षक देवराम राईको कमाण्ड गर्न छन्। किमाथांका नाकामा सीमा सुरक्षा पोष्ट मंगलबार पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति डिआइजी नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन दुलालले उद्घाटन गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा पोष्ट किमाथांका नाका सदरमुकाम खाँदबारीबाट ११० किलोमिटरको दूरीमा पर्दछ। सीमा सुरक्षा पोष्टले सीमा क्षेत्रमा हुने चोरी, पैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा सीमास्तम्भको सुरक्षामा परिचालित रहने बताइएको छ। सीमा सुरक्षा पोष्टका लागि ३५ जनाको दरवन्दी भए पनि अहिले २६ जना मात्र लगिएको छ। किमाथांका नाकामा यस अघि नेपाल प्रहरीको १० जनाको टोलीले सुरक्षा दिइरहेका थिए। सीमा सुरक्षा पोष्ट उद्घाटन कार्यक्रममा चीनको तिब्वत क्षेत्रका डिएस्पी दावा छिरिङ सहितको टोली किमाथांका आएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes