शंकास्पद गतिविधि गरेको आरोपमा माइबेनी मेलाबाट १२ महिलासहित ३२ जना पक्राउ - Pahilo Online

शंकास्पद गतिविधि गरेको आरोपमा माइबेनी मेलाबाट १२ महिलासहित ३२ जना पक्राउ

writer

झापा । शंकास्पद गतिविधि गरेको आरोपमा झापाको माइबेनी मेलाबाट १२ महिलासहित ३२ जना पक्राउ परेका छन्। माघे संक्रान्तिको अवसरमा कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा लागेको माइबेनी मेलाबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

कनकाई पुल पूर्वपट्टीको सुरुङ्गाबाट ९ र पश्चिम पट्टीको झिलझिलेबाट २३ जना पक्राउ परेका हुन्। पक्राउ पर्ने अधिकांश भारतीय नागरिक रहेको खुलेको छ। प्रहरीका अनुसार मेला स्थलमा शंकास्पद गतिविधि गर्दै आइरहेका उनीहरूले मोबाइल, पर्स, गरगहनालगायतका सरसामान लुट्ने तथा चोर्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

’शंकास्पद गतिविधिको आरोपमा पक्राउ पर्ने अधिकांश भारतीय नागरिक हुन्’, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, ’मेलास्थलमा जडान गरिएको सिसी क्यामेराको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएका हौं।’ ’प्रविधियुक्त सुरक्षा योजनाका कारण उनीहरूले मेला स्थलमा लुट्न तथा चोर्न पाएनन्’, उनले भने। यता पक्राउ परेका ३२ जनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes