यूएनएचसीआरद्वारा पथरी नगर अस्पताललाई सामग्री प्रदान - Pahilo Online

यूएनएचसीआरद्वारा पथरी नगर अस्पताललाई सामग्री प्रदान

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) दमकले आवश्यकीय सामग्री प्रदान गरेको छ । यूएनएचसीआर दमकका माधवप्रसाद गौतमले नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई सामग्री हस्तान्तरण गरे। अस्पतालका लागि ३ थान बेड, २ थान ब्राण्डेड कम्प्युटर, ४ थान कुर्सी, २ थान टेवल तथा मानसिक समस्याको जानकारी सम्वन्धी पुस्तक समेत वितरण भएको हो ।

सो अवसरमा बोल्दै अस्पताल अध्यक्ष गुरागाईंले अस्पतालका लागि यूएनएचसीआरले गर्दै आएको यसखाले सहयोग प्रसंशनीय रहेको वताउँदै सहकार्यको निरन्तरताका लागि समेत अनुरोध गरे। यूएनएचसीआरले नगर अस्पतालमा साइक्राट्रिक डाक्टरको व्यवस्थापन गरी अवको जनवरी १ देखि मासिक रुपमा निःशुल्क मानसिक पराशर्म सेवा सुरु गर्ने जानकारी समेत दिइएको छ । जसमा संस्थाले स्वास्थ्य विमाले समेट्न नसकेका मनोसामाजिक समस्याका ११ प्रकारका औषधि समेत निःशुल्क वितरण गर्ने छ । यूएनएचसीआरको सहयोगमा नगरका १५ जनालाई ग्रामिणस्तरको कार्यकर्ताका रुपमा काम गर्न तथा अन्य १६ जना स्वास्थ्य क्षेत्रमा कार्यरतलाई मनोसामाजिक विमर्श सम्वन्धी तालिम समेत प्रदान भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes