नेपाल जेसीजका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष अशोक शंकरलाई गृहनगर सम्मान - Pahilo Online

नेपाल जेसीजका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष अशोक शंकरलाई गृहनगर सम्मान

writer

पथरीशनिश्चरे । नेपाल जेसीज वर्ष २०२० का लागि नवनिर्वाचित राष्ट्यि अध्यक्ष अशोक शंकरलाई उनको गृहनगर मोरङको पथरी शनिश्चरेका ९ वटा संस्थाहरुले आज सम्मान गरेका छन् । सवै पक्ष सम्मिलित नगरवासीहरुले गठन गरेको अशोक शंकर जिताऔं अभियान सहयोग समितिले आयोजना गरेको सम्मान कार्यक्रममा नगरको १ नम्वर वडा कार्यालयले अभिनन्दनपत्रले अभिनन्दन नै गरेको छ । त्यसका साथै, पथरी वहुमुखी क्याम्पस, पञ्चायत मावि, लायन्स क्लब अफ पथरीशनिश्चरे, शान्ति सामुदायिक वन उपभोक्ता समूह, पथरी फिटनेश क्लबले सम्मानपत्रले सम्मानित गरेको छ । सम्मान गर्ने अन्य संस्थामा, हेल्लो पथरी इन्भेष्टमेन्ट, सुनचाँदी व्यवसायी संघ पथरीशनिश्चरे र नेपाल कम्यूनिष्ट पार्टी पथरीशनिश्चरे १ नम्वर वडा कमिटी रहेको छ ।

नगरको वडा नम्वर १ निवासी ३७ वर्षीय शंकर गत पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा सम्पन्न नेपाल जेसीजको ४६ औं राष्ट्यि महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँलाई जिताउने अभियानमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी समितिका संयोजक तथा नगरपालिका प्रमुख दिलीपकुमार राई संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरि कसिलो एकताका साथ नगरवासी लागिपरेका थिए । सो प्रसंग उल्लेख गर्दै नवनिर्वाचित अध्यक्ष शंकरले नगरको शानलाई पनि अझ उचो राख्दै युवाहरुलाई सेतो कपडा लगाएर दागबाट जोगिइ व्यक्तित्व र नेतृत्व विकासमा लागिपर्ने अभियान सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राईले नगरका अन्य साझा विषयहरुमा पनि शंकरलाई जिताउने अभियानमा जस्तै एकवद्ध भएर अघि बढ्नसके नगरको चौतर्फी विकास हुने विश्वास व्यक्त गरे । उनले जेसीज अध्यक्ष जिताउन गरेको एकता देशलाई नै सन्देश दिनेखाले प्रस्तुत भएको वताए । कार्यक्रममा सल्लाहकार सदस्य एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राई, समाजसेवी दिननाथ तिम्सिना, पथरी वहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, पत्रकार विवेक न्यौपानेले चिनिन मुस्किल रहेको नगरको नाम जेसीजको राष्ट्यि अध्यक्षका कारणबाट देश तथा विदेशका चिनिन पाएकोमा खुसी व्यक्त गरे । पथरीशनिश्चरे नगरपालिका कार्यालय र पथरी उद्योग वाणिज्य संघले छुट्टै कार्यक्रमको आयोजना गरी अध्यक्ष शंकरलाई सम्मान गर्ने जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes