इलाममा एनसेल टावरमा बम बिस्फोटबाट पूर्ण रुपमा क्षति - Pahilo Online

इलाममा एनसेल टावरमा बम बिस्फोटबाट पूर्ण रुपमा क्षति

writer

इलाम । देउमाई नगरपालिका ७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले बम बिस्फोट गरेका छन्। सोमबार राति भएको बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर तेलीले जानकारी दिए। टावरका लागि प्रयोग हुने जेनेरेटरसहित अन्य सामग्री ध्वस्त भएको छ। राति करिब १२ बजे र ३ बजे विस्फोटको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर, प्रहरी घटना स्थलमा मंगलबार बिहान मात्र पुगेको थिए। टावरमा दुईवटा बम बिस्फोफ गराइएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलनजिकै नपड्किएको सुतली बम र तार समेत फेला परेको छ। उक्त बाम नेपाली सेनाले निस्क्रिय गरेको प्रहरी निरीक्षक तेलीले जानकारी दिए।

बिस्फोटबाट भएको क्षतिबारे यकिन जानकारी आएको छैन। साथै, बिस्फोट कसले र्गयो भन्ने समेत खुलेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली खटिएको प्रहरी निरीक्षक तेलीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes