धरान । सुनसरीको धरान ६ पानबारी शेरा खोला नजिक करिब २५ बिघा जग्गामा औद्योगिक ग्राम बन्नेभएको छ । संघीय सरकारको औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्य्विधि २०७५ अनुसार स्थानीय तहलाई निर्दशन दिएको थियो । सोही मापदण्ड अनुसार धरान ६ मा औद्योगिक ग्राम बनाउन जग्गा व्यवस्थापन गरिएको उपमेयर मञ्जू भण्डारीले बताइन् ।
सो जग्गामा औद्योगिक ग्राम बनाउन आज (मंगलबार) डिपीआरको लागि संघीय सरकारले ९२ हजारको चेक हस्तान्तरण गर्ने कार्यक्रम छ । सो जग्गामा डिपीआर बनाउन उपमहानगरले कात्तिकमै टेण्डर आव्हान गरिसकेको छ ।