प्रदेशको योजना सञ्चालमा स्थानीय तहसँग समन्वय गर्ने–मुख्यमन्त्री राई - Pahilo Online

प्रदेशको योजना सञ्चालमा स्थानीय तहसँग समन्वय गर्ने–मुख्यमन्त्री राई

writer

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘प्रदेश समन्वय परिषद्को तेस्रो बैठक’ मा प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मंगलबार समापन अवसरमा उनले भने, “सङ्घीय सरकारको ठूला, प्रदेशको मझौला र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

मुख्यमन्त्री राईले आगामी हुने राष्ट्रिय जनगणना र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय तहले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं योजनाहरुको अनुगमन प्रभावकारी ढङ्गले गर्न एउटा सशक्त समिति बनाउने जानकारी दिए। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्वबिना सरकार सञ्चालन गर्न नसकिने हुँदा यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिदैं स्थानीय तहले कानून बनाएर कर उठाउनुपर्ने सुझाव दिए। दुई दिने सो बैठकमा प्रदेशभरिका स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र प्रशासकीय अधिकृतको सहभागिता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes