धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप आयोजना - Pahilo Online

धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप आयोजना

writer

धनकुटा । धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा आयोजक धनकुटासहित ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग, सुनसरी, झापा, उदयपुर सहभागि हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको प्रथम हुनेले एक लाख रुपैयाँ र गोल्डकप तथा दोस्रोले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले जानकारी दिए। प्रत्येक खेलमा वुमन अफ द म्याच हुनेले ३ हजार रुपैयाँ र प्रतियोगिता भरिमा हरेक विद्यामा उत्कृष्ठले नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकको भनाइ छ। धनकुटामा यसअघि पुस १२ देखि १८ गतेसम्म शहीद रिदामाहाङ–रामालिहाङ आठपहरीया प्रथम महिला गोल्डकप सञ्चालन गरिएको थियो। २ लाख रुपैयाँ पुरस्कार राशि रहेको उक्त प्रतियोगिताको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes