सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पिपलचोक स्थित भित्रिसडकखण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । सोमबार दिउँसो पौने १ बजेको समयमा को१ख७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकलयात्री ईटहरी उपमहानगरपालिका ४ हलगडा बस्ने बर्ष २६ की सुनिता कार्कीलाई ठक्करदिएको थियो ।
ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो । उक्त सेप्टिट्याङकीका चालकईटहरी ५ बस्नेवर्ष ३८ को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिकप्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह चालकले चलाएको खुल्न आएपछी सहचालक रामधुनि ३ बस्नेवर्ष ४९ को प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।