घुससहित बेलबारीबाट अमिन पक्राउ - Pahilo Online

घुससहित बेलबारीबाट अमिन पक्राउ

writer

Santosh Khaling Rai

बेलबारी । घुस लिँदै गर्दा नापी कार्यालय बेलबारीका अमिन दिनेशकुमार शाह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ७ हजार घुससहित साहलाई रंगेहात पक्राउ गरेको हो ।

सोमवार दिउँसो बेलबारी– १० भाउन्ने पुगेका साहको पिछा गर्दै अख्तियारको टोली पुगेको थियो । स्थानीय पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सीमाङ्कन गर्न आएका शाहले सोही स्थानका नरबहादुर तामाङसँग घुस लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख ज्ञानेन्द्र ढकालले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes