प्रदेश १ को नाम कोसी र कोसी–किराँत मध्ये के राख्ने भन्ने विषयमा मुख्यमन्त्री राई अलमलमा - Pahilo Online

प्रदेश १ को नाम कोसी र कोसी–किराँत मध्ये के राख्ने भन्ने विषयमा मुख्यमन्त्री राई अलमलमा

writer

मोरङ । नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो। अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन बाँकी छ। प्रदेश ४ ले गण्डकी, प्रदेश ६ ले कर्णाली, प्रदेश ७ ले सुदुरपश्चिम प्रदेश नाम जुराइसकेका छन्। प्रदेश १ ले पनि नाम जुराउन नेकपा केन्द्रकै निर्णय कुरेर बसेको नेताहरु बताउँछन्।

२०७४ साल भित्र प्रदेशको नाम र राजधानी टुंग्याउने बताएको प्रदेश सरकारले अझै कुनै निर्णय गर्न सकेको छैन। प्रदेशको नाम जुराउने विषयमा जातिय पहिचानसहितको हुनुपर्ने सांसदहरुको अडानले सहमति जुट्न सकेको छैन। कोसीको पक्षमा ओली, प्रचण्ड कोसी–किरात प्रदेश १ को चर्चामा रहेको नाम हो कोसी र कोसी–किराँत। यी दुईमध्ये के नाम राख्ने भन्ने विषयमा मुख्यमन्त्री शेरधन राई पनि अलमलमा परेका छन्। ‘प्रदेश १ को राजधानी टुंगिएकै छ,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो,‘यहाँको नाम जुराउन त्यति सजिलो छैन। पार्टी (नेकपा) का दुई अध्यक्षले सहमति नगरेसम्म के नाम राख्ने भन्ने पक्का हुँदैन।’

मुख्यमन्त्री शेरधन राई सचिवालय स्रोतका अनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम कोसी राख्न निर्देशन दिएका छन्। त्यस्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कोसी–किरात राख्न मुख्यमन्त्री राईलाई दबाब दिएका छन्। ‘प्रधानमन्त्री ओली र प्रचण्डका आआफ्नै अडान छन्,’ स्रोतले भन्यो, ‘एउटा अध्यक्षलाई कोसी नाम नराखी नहुने, अर्कोलाई कोसी किरात नराखी नहुन भएपछि अब उहाँहरुले जे निर्णय गरेर सिफारिस गर्नुहुन्छ त्यै नाम हुन्छ।’ मुख्यमन्त्री शेरधन राई भने यही हिउँदे अधिवेशनमा प्रदेशको नाम टुंग्याउने पक्षमा छन्। प्रदेश १ मा कोसी–किरातको पक्षमा नेकपाका सांसदहरुको बहुमत छ। त्यसमा कांग्रेसले पनि अन्त्यमा प्रदेश ३ को नाम बागमती राख्न समर्थन जनाए जसरी नै समर्थन जनाउने नेताहरु बताउँछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes