पथरीशनिश्चरे वडा नं. ४ ले गर्यो अर्को लोकप्रिय काम - Pahilo Online

पथरीशनिश्चरे वडा नं. ४ ले गर्यो अर्को लोकप्रिय काम

तीन जना शाखा अधिकृत, पदक विजेता खेलाडी र सुत्केरी आमालाई सम्मान

writer

मोहन भट्टराई

पथरी । पथरीशनिश्चरे वडा नं. ४ ले विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँचजनालाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी आज सोमबार वडा कार्यालयले उनीहरुलाई सम्मान गरेको हो ।

वडा कार्यालयले लोकसेवा आयोगबाट शाखा अधिकृत छैटौं स्तरमा नाम निकाल्न सफल तीन जना र अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगितामा कास्य पदक जित्ने दुईजनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा लोकसेवा आयोगले लिएको लिखित परीक्षा र अन्तरवार्तामा खुला तर्फ नेपाल सरकारको स्थानीय तह शामान्य प्रशासन अधिकृत स्तर छैटौं पदमा पास हुने पथरीशनिश्चरे ४ नं. वडावासी कुवेर ढकाल, ताराप्रसाद ढकाल र नविनराज भट्टराई रहेका छन् । जसमा कुवेर र ताराप्रसाद सहोदर दाजुभाइ हुन् ।

यस्तै, अखिल भारतीय अन्तर्राष्ट्रिय तेक्वान्डो चेम्पियनसीप २०१८ मा र लुम्बिनी अन्तर्राष्ट्रिय तेक्वान्डो चेम्पियनसीप २०१९ मा सिनियर तर्फ कास्य पदक प्राप्त गर्ने आशिष कार्की र सोही प्रतियोगितामा जुनियर तर्फ कास्य पदक प्राप्त गर्ने सुजन तामाङलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पाँचै जनालाई कार्यक्रममा अध्यक्ष, विशिष्ट अतिथि र अतिथिहरुले सम्मान पत्र, अविर तथा फुलमालाले सम्मान गरिएको थियो । कडा मेहनत गरी शाखा अधिकृतमा नाम निकाली वडाको नाम राखेको र खेलकुदको क्षेत्रबाट पथरीशनिश्चरे वडा नं. ४ लाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकोले वडाले निर्णय गरेर सम्मान गरेको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बताए ।

सुत्केरी आमालाई नगदसहित सम्मान
यसैगरी, सोही अवसर पारेर वडा कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ को वजेटबाट सुत्केरी आमाहरुलाई नगदसहित सम्मान गरेको छ । वडाले चालु आ.व.को साउनदेखि हालसम्म जन्मिएर वडामा जन्मदर्ता गराएका बच्चाका आमाहरुलाई नगद एक हजारले सम्मान गरेको हो । चालु आर्थिक वर्षमा वडामा ३५ जना बालबालिकाको जन्म दर्ता भएको छ ।

४ नं. वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष गोविन्दबहादुर भण्डारी अध्यक्ष, वडा नं. ८ का अध्यक्ष बाबुराम दाहाल, नगर कार्यापालिका सदस्य भद्रमान विश्वकर्मा विशिष्ट अतिथि रहेका थिए । सो अवसरमा समाजसेवी ध्रुबकुमार बराइली, नगर खेलकुद विकास समिति सदस्य राजकुमार विश्वकर्मा, भागिरथ माविका प्र.अ. डिल्लीराज दाहाल, सरस्वती आ.वि.का प्र.अ. रामप्रसाद न्यौपाने, किर्तिपुर एकेडेमीका प्रिन्सिपल पुकार राई, वडा ज्वेष्ठ नागरिक समाज अध्यक्ष भोला रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes