उदयपुर । विश्व कीर्तिमानी उदयपुरका दुई युवालाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ प्रमाणपत्र प्रदान गरिएको छ। उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की र काँधमा खुट्टा राखेर मोटरसाइकल चलाएर विश्व कीर्तिमान राखेका धनश्याम श्रेष्ठलाई प्रमाणपत्र दिइएको हो। गिनिज बुक अफ द वल्र्ड रेकर्डका संस्थापक डा. पताभि राम र डा. सान्थी देवीले विश्व कीर्तिमानी कार्की र श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। गाइघाटका कार्की ११.५३ किलोमिटर दूरीमा उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमान राखेका हुन्। यस्तै, कटारी नगरपालिकाका श्रेष्ठले काँधमा खुट्टा राखेर मोटरसाइकल चलाएर कीर्तिमान राखेका हुन्।