पथरीशनिश्चरे । नगरपालिकामा रहेको नगर अस्पतालले अत्याधुनिक स्वास्थ्य सामाग्री भित्र्याएको छ। पथरी शनिश्चरे नगरपालिकामा स्थापित नगर अस्पतालमा १६ लाख मुल्य बराबरको अत्याधुनिक स्वास्थ्य सामाग्री उपलब्ध भएको हो।
वर्क फर नेपालको समन्वय तथा हेल्पीङ हेन्डसको सहयोगमा नगर स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतको पहलमा सो अत्याधुनिक इलेक्ट्रोनिक हाइ केयर विरामी उपचार शय्या, अत्याधुनिक डेलिभरी बेड, अत्याधुनिक विरामी जाँच टेवल, एम्वुलेटरी केयर बेड लगायत अन्य स्वास्थ्य सामाग्री अस्पतालले प्राप्त गरको बताइएको छ ।
५० बेडको अस्पतालका रुपमा विकाश हुदै गरेको सो अस्पतालमा अमेरिकन प्रविधि बाट निर्मित स्वास्थ्य सामाग्रीको प्रयोग बाट उपचार गराउन पाउनु नगर बासीका लागि खुसीको कुरा भएको छ । स्थानीय सरकार, जग्गा दाता, राजनितीकर्मी लगायत सबैको सकरात्मक भूमिकाले गर्दा आफुले दातृ संस्थाहरुसँग समन्वय गरेर सो उपकरण नगर अस्पतालले प्राप्त गर्न सफल भएको स्वास्थ्य संयोजक मुरारी आचार्यको तर्क छ।
यता एक कार्यक्रममा बोल्ने क्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरपालिकामा स्थापित नगर अस्पताल नगरपालिका, स्थानीयबासी र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पहलमा दुई जना एमबीबीएस डाक्टर र स्वास्थ्य उपचारको सामाग्री ल्याउन सफल भएको धारणा राखेकी छिन् ।