प्रदेशसभाबाट प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम - Pahilo Online

प्रदेशसभाबाट प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम

writer

 

मकवानपुर । प्रदेश सभाको आइतबारको बैठकले प्रदेश ३ को नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो ।

लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आज मतदान भएको हो । प्रदेशसभाका ५ दलका १ सय १० जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्न सहमत नभएपछि मतदानको कार्यसूची तय भएको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभामा १ सय १० सदस्यमा नेकपाका ८० र काँग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका १, १ सांसद् छन् । प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएका थिए ।

स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको थियो । काभ्रेको धुलिखेल राजधानी होस् भन्ने पक्षमा जम्मा तीन मत थियो । सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका थिए । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ । नेकपा र काँग्रेसले राजधानी हेटौडा नै कायम गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ नै जारी गरेका थिए ।

प्रदेश ३ को नाम बाग्मती राख्ने सम्बन्धमा भने सर्वसम्मत निर्णय भएको थियो । हेटौडा राजधानी अपायक भएको भन्दै व्यापक विरोध हुदैं आएको छ । प्रदेशसभा बैठक अहिले १५ मिनेटको लागि स्थगित गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes