
विराटनगरका निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको अन्तरक्रियाको क्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोग रोक्ने र विद्यालय भित्र पत्रुखाना प्रयोगलाई पतिबन्ध लगाईने बताए । कानुन बनेको लामो समय भईसकेको अबस्थामा पनि ऐन कार्यान्वायनमा नगएकोले त्यसलाई फागुन १ गतेदेखि कडाईका साथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेको भनाई छ ।
स्वास्थ्य जीवन प्रवद्र्धन अभियान अन्तरगत प्रदेश १ मा २० बर्ष उमेर समुह माथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एक पटक परिक्षण पछि उनीहरुलाई पटक पटक परिक्षणका लागि प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ । त्यस्तै सुगर र क्यान्सको परिक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान पुर्याउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिए ।
बिद्यालय संचालकहरुसँग भएको अन्तरक्रियासँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पद्धार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको डेमोस्ट्रेशन गर्ने तयारी रहेको छ ।