सोलुखुम्बुमा बाटोमा रेलिङ भाँच्चिएर लड्दा एक जनाको मृत्यु - Pahilo Online

सोलुखुम्बुमा बाटोमा रेलिङ भाँच्चिएर लड्दा एक जनाको मृत्यु

writer

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका ४ सनासा र फोर्त्सेको बाटोमा राखेको काठको रेलिङ भाँच्चिएर तल झर्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ३ बजे फोर्त्से ठागा घर भएका ४० वर्षीय पाल्देन शेर्पा नाम्चे हाट गएर घर फर्कने क्रममा बाटोको किनारामा रहेको काठको रेलिङ समाउँदै हिड्ने क्रममा रेलिङ भाँच्चिएर बाटोबाट १०० मिटर तल खसेका थिए ।

सडकबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागी खुन्दे अस्पताल खुम्जुङमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes