साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीद्वारा सहयोग संकलन - Pahilo Online

साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीद्वारा सहयोग संकलन

writer

विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् ।

राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएपछि उनका साथिहरु सहयोगमा लागे । उनी विराटनगरमा रहेको महेन्द्र आर्दश बहुमुखी क्याम्पसमा विएस्सी वायोलोजी तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको अहिले भक्तपुरमा रहेको क्यान्सर हस्पिटलमा विगत ५ महिनादेखि उपचार हुँदै आएको छ ।

उपचारको लागि पहिलो चरणमा ५ लाख खर्च लाग्ने भएका कारण उनका साथीहरुले विराटनगरमा उपचारमा लाग्ने खर्च जुटाउन थालेका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण कलेजमा पढ्ने उनका साथीहरुले विराटनगरमा शुक्रबार भेला भएर बजारका विभिन्न व्यापारी तथा स्थानियबाट स्वइच्छाले आर्थिक रकम जुटाएका हुन् ।

उनीहरुले महेन्द्र चोकमा भेला भई बजारका बिभिन्न ठाउँमा पुगेर आर्थिक सहयोग गर्न आग्रह गरे । साथीको उपचार गराउन शुक्रबार मात्र ५० हजार आर्थिक सहयोग संकलन भएको आर्थिक सहयोग जटाउन लागिपरेका देवका साथी पेरिस सुवेदीले जानकारी दिए । बिद्यार्थीले शनिबार विराटनगरको रानी क्षेत्र आर्थिक संकलन गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes