संखुवासभाको भोटखोलामा क्षेत्रमा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध - Pahilo Online

संखुवासभाको भोटखोलामा क्षेत्रमा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध

writer

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। भोटखोला गाउँपालिका २ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा समस्या आएर संचार सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवा अवरुद्ध हुँदा १० दिनदेखि भोटखोला गाउँपालिका नै सञ्चार सेवाबाट बन्चित भएको छ।

उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ। टेलिफोन अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला ३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गरे। १० दिन बित्दासमेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला २ च्याम्ताङका आङजुङ भोटेले बताए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन्।

माक्पालुङको टावरको कन्ट्रोलरमा खरावी आएका कारण भोटखोलाको टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख राधारमण भट्टराईले बताए। प्रमुख भट्टराईले भने हामीले कन्ट्रोलर धनकुटा र विराटनगरबाट खोजी गर्दा फेला नपरेको बताए। भोटखोलाका अवरुद्ध टेलिफोन सेवा केही दिनपछि सुचारु हुने ,,,,प्रमुख भट्टराईले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes