धनकुटामा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु - Pahilo Online

धनकुटामा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

writer

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ७ बजेको समयमा स्थानीय ३० बर्षिय टेक बहादुर लिम्बुलाई खोल्सीमा टाउको ढुङ्गामा ठोकिएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए । हिजो राती बजारबाट घर तर्फ जाने क्रममा को.२८.प.८०५२ नंबरको मोटरसाईकलमा सवार उनी सडक बाट अंदाजी २, ३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । कानूनी प्रकृया तथा थप अनुसन्धानकोलागी ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरीको टोली खटिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes