सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने - Pahilo Online

सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने

writer

सुनसरी । सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने भएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षसहित आसपासका क्षेत्रको चरा गणना गरिने छ। सञ्जिब आचार्य नेतृत्वमा ३० जनाको टोलीले चरासम्बन्धी कोसी टप्पुसहित पूर्वका प्रमुख सिम क्षेत्रहरूको अवलोकनसहित गणना गर्नेछन्।

देशभरमा जलाशयमा पाइने चराको गणना कार्य सोमबारबाट सुरु भएको छ। सोही अभियान कोसी टप्पुबाट सुरु हुनेछ। आचार्यले तीनवटा १०, १० जनाको टोली बनाएर चतरा क्षेत्रबाट गणना सुरु गरिने जानकारी दिए। दुईवटा टोलीले सप्तकोशीमा डुंगाबाट र अर्कोटोलि पैदलमार्फत गणना गर्ने छन्।

टोलीले पहिलो दिन चतरादेखि राजाबाससम्म, दोस्रो दिन राजाबासदेखि कोशी ब्यारेजसम्म, तेस्रो दिन कोसी टप्पुको पश्चिमी क्षेत्र भागलपुर र कमलपुर क्षेत्र, चौथौ दिन चिमडीको बर्जुताल त्यसपछि तरहरा, उर्लावारी र बेतना सिमसार क्षेत्रमा गएर गणना गर्ने कार्ययोजना छ।

चरा गणनाको क्रममा पानीमा बस्ने स्थानीय र बसाइँसराइ गरेर आउने चराको प्रजाति र त्यसको संख्या गणना गरिने छ। कोसीमा १९० प्रजातिका पानीमा बस्ने चरा छन्। तर, गणनाको समयमा भने ६३ प्रजातिभन्दा बढी देखिएको छैनन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes