प्याब्सन पथरीशनिश्चरे नगरकमिटिद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण - Pahilo Online

प्याब्सन पथरीशनिश्चरे नगरकमिटिद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

writer

प्रेमप्रसाद भटराई (के.डी)
पथरीशनिश्चरे । प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ ।

२९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत ३० विद्यार्थीमध्ये विहिबार उपस्थित रहेका २५ जना विद्यार्थीलाई स्विटर, कापि कलम तथा अन्य सामग्री वितरण गरेको हो । प्याप्सनले हरेक पुस २४ गते वार्षिकोत्सवको रुपमा प्याव्सन डे मनाउने गरेको छ । वार्षिकोत्सको अवसरमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएको प्याव्सन पथरीशनिश्चरे नगरकमिटिका अध्यक्ष उपेन्द्र कँडेलले जानकारी दिए ।

कार्यक्रममा पथरीशनिश्चरे वडा नं ५ का वडाध्यक्ष जोगबहादुर धिमाल, पथरीशनिश्चरे नगरपालिकाका उप सचिव तथा शिक्षा शाखाका प्रमुख शालिगराम काफ्ले, प्याब्सन मोरङका सल्लाहकार टिका प्रसाद दंगालको उपस्थिती रहेको थियो । विद्यालयका प्र.अ बलबहादुर धिमालले आफ्नो विद्यालयका विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्न थप सहयोग गरेकोमा धन्यावाद ब्यक्त गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes