मेची पुलमा ‘एप्रोच रोड’ बनाउन विहारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र - Pahilo Online

मेची पुलमा ‘एप्रोच रोड’ बनाउन विहारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

writer

झापा । भद्रपुरस्थित मेची नदीमाथि निर्माण गरिएको मेची पुल सञ्चालनमा आएको झण्डै एकवर्ष बित्न लाग्दा समेत पुल जोड्ने एप्रोच रोड (कालोपत्रे सडक) निर्माण गरिएको छैन। नेपाल–भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी व्यवसायी चिन्तित बनेका छन्। कालोपत्रे सडक निर्माण कार्यलाई चाँडो सम्पन्न गराउन स्थानीय सरकार, राजनीतिक दल, उद्योगी व्यवसायी, नेपाल भारतमैत्री संघले दुवै देशका सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउँदै आएका छन्।

२०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गर्दै चाँडै पुल जोड्ने दुवैतर्फको रोड बन्ने आश्वासन दिएका थिए। तर अझैसम्म प्रधानमन्त्रीको आश्वासन कार्यान्वयन भएको छैन। तीनबुँदे माग राख्दै विहारका मूख्यमन्त्रीलाई ज्ञापनपत्र मेची पुल जोड्ने भारततर्फको ’एप्रोच रोड’ निर्माणमा ढिलासुस्ती भएको भन्दै नेपाल–भारतमैत्री संघ झापाले विहारका मुख्यमन्त्री नीतिश कुमारलाई तीनबुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन्। विहार सरकारको सीमा विकास कार्यक्रमअन्तर्गत किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्जमा महाभारतकालीन भातढाला पोखरीको सुन्दरीकरण र पार्कको उद्घाटन गर्न आएका बेला नेपाल(भारत मैत्री संघका पूर्व अध्यक्ष तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री नितीश कुमारलाई भेटेर लिखित ज्ञापन पत्र बुझाएका हुन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes