मोरङको दुई ठाउँमा आगलागी, १३ लाख बराबरको क्षति - Pahilo Online

मोरङको दुई ठाउँमा आगलागी, १३ लाख बराबरको क्षति

writer

मोरङको रंगेली नगरपालिका ९ झमनपुरका ३० वर्षीय अविनारायण भण्डारीले मंगलबार साँझ आफ्नै घर, गाई गोठ र बाख्रा फार्ममा आगो लगाएका छन् ।

इन्द्र भण्डारीका छोरा अविनारायणले आगो लगाउँदा दुईवटा घर, गाईगोठ र बाख्रा फार्मममा क्षति पुगेको प्रहरीले जनाएको छ । अविनारायणको मानसिक सन्तुलन ठीक भएको नपाइएको प्रहरीको भनाइ छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा १० लाख बढीको क्षति भएको बताए । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिन सकेका कारण ठूलो क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङकै कटहरी गाउँपालिका ७ का योगेन्द्र मेहताको कर्कटपातको छानो भएको एक तले घरमा बुधबार बिहान १ बजे आगलागी भएको छ । आगलागीमा घर, घरमा भएका सबै सामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगोले जलेर एउटा बाख्रो पनि मरेको छ । आगलागीमा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes