पथरी शनिश्चरे नगरमा मठमन्दिर र सिंचाईको लागि बजेट बाँढफाँढ - Pahilo Online

पथरी शनिश्चरे नगरमा मठमन्दिर र सिंचाईको लागि बजेट बाँढफाँढ

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले मठमन्दिर तथा सिंचाईका लागि वडागत रकम बाँढफाँढ गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले १० वटा वडाका लागि प्रति वडा ३ लाखको दरले सिंचाई र २ लाखको दरले मठमन्दिरका लागि रकम बाँढफाँढ गरिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए। नगरसभाले एकमुष्ठ रुपमा छुट्याएको ती दुई शिर्षकको रकम बाँढफाँढ भएको हो ।

बैठकले, नगर प्रहरीको कार्यविधि पारित गरेको छ । साथै राष्ट्यि सामुदायिक सेवा केन्द्रसँग कार्यक्रमिक सहकार्य गर्ने समेतका निर्णय भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes