अर्पना केशी
पथरी शनिश्चरे । पुर्बको पर्यटकीय क्षेत्र बेतना सामुदायिक वन क्षेत्रमा संरक्षित बेतना सिमसारमा भ्रमण वर्ष २०२० को अवसरमा वनलाई खासै प्रभाव नपरेको तर पर्यटक बृद्धि हुन सक्ने अनुमान रहेको अध्यक्ष डम्बर बहादुर बस्नेतले बताएकाछन् । पुर्वको हरियाली र सिमसार क्षेत्रको अवलोकनका लागि बाह्य तथा आन्तरिक पर्यटक दैनिक ५–७ सय को हाराहारीमा त्यहाँको रमणिय दृश्यको अवलोकन गर्ने गरेकाछन् ।
आन्तरकि पर्यटक प्रदेश १ सहित प्रदेश २, प्रदेश ३ का पर्यटकहरु समेत आउने गरेकाछन् । अहिले भारतको विभिन्न ठाउँ देखि पनि केहि पर्यटकहरुले भ्रमण गर्ने गरेको बताईएको छ। अझ यस क्षेत्रलाई चिनाउन विभिन्न नाकाहरुमा प्रचार बोड राखिने तयारी भएको छ ।

त्यहाँको मनमोहक दृश्य अवलोकन साथै बनभोज कार्यत्रममा दैनिक १५–१६ टिम पर्यटक आउने गरेको अध्यक्ष बस्नेतले बताएकाछन् । शनिबार अरु दिन भन्दा केहि बढी आन्तरीक पर्यटक आउउने गरेकाछन् । पर्यटकहरुको गन्तव्यको रुपमा परिचित बेतना सिमसारमा अहिले पोखरीमा बोटिङ गर्न, विभिन्न जनावर तथा चरा चुरुङगीहरु र रमणीय वातावरणको अवलोकनका लागी पर्यटकहरु आउने गरेका हुन्।
पर्यटकहरुबाट वनलाई वार्षिक १ करोड बराबरको आम्दानी हुने गरेको छ । अध्यक्ष बस्नेतका अनुसार आगामी वर्षहरुमा अझ आम्दानीको श्रोतको रुपमा सबै जातजातीहरुको पहिचान झल्कीने सांस्कृतिक कार्यक्रम हप्ताको २ पटक सम्म गर्ने तयारी भईरहेको बताएकाछन् । वनलाई तार घेराबारा समेत गरी सुरक्षाको क्षेत्रलाई मजबुद पारिएको छ ।